सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम बढ्यो
![](https://paschimtoday.com/uploads/news/images/nepse-share-nawayug-768x512-1-(1).2025-01-16-03-44-04.jpeg)
काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार १.८३ अंकले बढेको नेप्से आज ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा अडिएको हो।
सेन्सेटिभ इण्डेक्स ०.५४ प्रतिशतले घटेर ४३६.६२ विन्दुमा पुगेको छ। नेप्से घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ।
आज २९६ स्क्रिप्सको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ५ अर्ब ८२ करोड ४९ मूल्य बराबरक सेयर कारोबार भएको थियो।
आज चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल,विन नेपाल लघुवित्त वित्तीय संस्था,मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।
यसदिन पोखरा फाइनान्सको सेयर १० प्रतिशतले घट्यो। जानकी फाइनान्सको ९.३९ प्रतिशतले घट्दा कालिञ्चोक हाइड्रोपावरको ९.१५,रिलायन्स फाइनान्सको ७.५७ र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर ७.५१ प्रतिशतले घटयो।
२८ करोड बराबरको सेयर कारोबार गरी सिन्धु विकास बैंक शीर्षस्थानमा रह्यो। यसैगरी एनआरएन इन्फ्रास्टक्चर एणड डेभलपमेन्टले २१ करोडको सेयर कारोबार गर्दा सानिमा मिडल तमोर हाइड्रोपावरको १४ करोड,जानकी फाइनान्स र नेपाल फाइनान्सको १३/१३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
आज पाँच समूहको उपसूचक बढ्दा अन्यको घट्यो। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक २.०३ प्रतिशतले बढ्यो। कारोबारमा आएका ८८ स्टक्सको मूल्य बढ्दा १५२ वटाको घट्यो। ३ समूहको उपसूचक भने स्थिर रह्यो।
तपाईको प्रतिक्रिया