परराष्ट्रमन्त्री राणा बैंकक प्रस्थान

शनिबार माघ ५, २०८१/ Saturday 01-18-25
Paschim Today

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।

मन्त्री राणा उपचारका लागि शनिबार दिउँसो साँढे १ बजे थाइ एअरवेजबाट बैंकक प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार बैंककमा उनको राजनीतिक भेटघाट पनि हुनेछ ।