दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.५५ अंकले बढेर ४३९.०४ विन्दुमा पुगेको छ।
यसदिन ३२५ स्क्रिप्सको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ रुपैयाँमा खरिदबिक्री भए।
यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपालको सेयर १० प्रतिशतले बढ्यो। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर ९.०९ प्रतिशतले बढ्दा स्यामलिङ पावरको ७.४६,नेपाल रिपब्लिक मिडिया,एनएमबी डिवेन्चरको सेयर ७.३५ प्रतिशतले बढ्यो। आज सुपर म्यादी हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २६ करोड ८५ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सुपर मादी हाइड्रोपावरले २३ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा सानिमा मिडल तमोर हाइड्रोपावरको १५ करोड, सिन्धु विकास बैंकको १४ करोड र पोखरा फाइनान्सको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १७१ स्टक्सको मूल्य बढ्दा ६८वटाको घट्यो। बाँकी ४ स्टक्सको मूल्य स्थिर रह्यो। तीन समूहको उपसूचक घट्दा १० समूहको उपसूचक सकारात्मक देखिएका छन्। यसदिन फाइनान्स र मनु एण्ड प्रो समूहको उपसूचक २ प्रतिशत बढिले बढ्यो।
तपाईको प्रतिक्रिया