प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६७ अंकले बढ्यो

सोमबार माघ ७, २०८१/ Monday 01-20-25
Paschim Today

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।  यो समयमा परिसूचक १.६७ अंकले बढेर २६०२.८८ विन्दुमा पुगेको हो।

प्रि ओपन सेसनमा ६० स्क्रिप्सको ८८ हजार ६७२ कित्ता सेयर ५ करोड ३८ लाख  २७ हजार ३९१ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये २१ स्टक्सको मूल्य बढेको छ भने ३३ वटाको घटेको छ। ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।