प्रेस चौतारी डोटीको अध्यक्षमा नेपाली

शनिबार माघ १९, २०८१/ Saturday 02-01-25
Paschim Today

डोटी । प्रेस चौतारी नेपाल डोटीको अध्यक्षमा प्रेम नेपाली चयन भएका छन् । शनिबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले नेपालीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

 

अधिवेशनले उपाध्यक्षमा तेजबहादुर ओली, महिला उपाध्यक्षमा सुनिता धामी, सचिवमा गंगाराम कुन्जेडा, सहसचिवमा विमल रोकाया र रेखा दर्लामी तथा कोषाध्यक्षमा वसन्ती भट्टलाई चयन गरेको निवर्तमान उपाध्यक्ष सरस्वती साउदले जानकारी दिइन् ।

यस्तै सदस्यहरुमा लक्ष्मी नेपाली, विकास राई, पाल्मु तामाङ र विष्णु कोली चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा शिव ओली र सरस्वती साउद तथा प्रदेश प्रतिनिधिहरुमा सुनिता धामी र विष्णु कोली चयन भएका छन् ।