फोनिज सुदूरपश्चिमको अध्यक्षमा उन्नती चौधरी
शनिबार माघ १९, २०८१/ Saturday 02-01-25
Paschim Today
धनगढी। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नती) निर्विरोध निर्वाचित भएकी छन् ।
आज धनगढीमा भएको तेस्रो महाधिवेशनले चौधरीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बन्वारी राना (सौरभ), महिला उपाध्यक्षमा चन्द्रिका चौधरी, महासचिवमा भानुप्रताप राना, सचिवमा हरेन्द्र चौधरी, रतनलाल चौधरी र कोषाध्यक्षमा प्रेमलाल चौधरी चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा स्वरुप चौधरी, राजेश श्रेष्ठ, रामप्रसाद चौधरी र दानसिंह डङ्गौरा चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई फोनिज केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले पद् तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
तपाईको प्रतिक्रिया