अमेरिकामा अर्को विमान दुर्घटना, ७ जनाको मृत्यु
आइतबार माघ २०, २०८१/ Sunday 02-02-25
Paschim Today
अमेरिकामा फेरि अर्को एक विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । केही दिनअघि ६७ जनाको ज्यान जानेगरी दुई विमान ठोक्किएर दुर्घटना भएको थियो ।
पछिल्लो दुर्घटना पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा भएङ्को हो । एक सानो विमान दुर्घटना हुँदा सात जनाको मृत्यु र १९ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।
विमानमा सवार ६ जना र भुइँमा रहेका एक जनाको मृत्यु भएको हो । बिरामी बोकेको विमानमा दुई पाइलट, एक डाक्टर, स्वास्थ्यकर्मी, बिरामी र ती बिरामीकी आमा थिए । उनीहरु सबै मेक्सिकन नागरिक थिए ।
तपाईको प्रतिक्रिया