बाजुराको एक घरमा आगलागी
मंगलबार माघ २२, २०८१/ Tuesday 02-04-25
Paschim Today

बाजुराः बाजुराको एक घरमा आगलागी भएको छ।
बुढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई बडिमालिका नगरपालिका–८ मार्तडी बजार बस्ने पशुपती थापाको घरमा सोमवार दिउँसो आगलागी भएको हो। आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७३ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
तपाईको प्रतिक्रिया