विपिनको रिहाईका लागि परराष्ट्र मन्त्री राणाले गरिन ईरानका विदेश मन्त्रीसंग कुराकानी
![](https://paschimtoday.com/uploads/news/images/bipin-joshi2025-01-08-09-34-42-(1).2025-02-07-08-51-00.jpeg)
काठमाण्डौं, २४ माघ ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले हमासद्धारा अपहृत कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाईका लागि ईरानका विदेश मन्त्री सैयद अब्बास अरघचीसंग टेलिफोन मार्फत आग्रह गरेकी छन् ।
विहीवार अवेर राति परराष्ट्र मन्त्री डा. आरजु राणाले विपिनको रिहाईका लागि पहल गरिदिन ईरानका विदेश मन्त्री सैयदसंग टेलिफोनमा कुराकानी गरेको बताएकी छन् ।
ईरानका विदेश मन्त्री सैयदले हमासको आगामि बैठकमा विपिनको रिहाईका विषयमा छलफल गर्ने प्रतिवद्धता गरेको मन्त्री राणाले जनाएकी छन् । मन्त्री राणाले सकारात्मक पहल र प्रतिवद्धताका लागि ईरानका विदेश मन्त्री सैयदलाई धन्यवाद दिईन् ।
कञ्चनपुरका जोशीलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।
हमासले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगिएको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा १ सय ५ जना रिहा गरिएको थियो भने ८ जनालाई इजराइली सेनाले उद्धार गरेको थियो । बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिइसकेको छ ।
इजरायलका अनुसार विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा छन् । उनीहरुको रिहाईका लागि पहल भइरहेको राजदूत वासले बताए ।
तपाईको प्रतिक्रिया