कैलालीमा गुडिरहेको ट्याक्टरबाट खस्दा महिलाको मृत्यु
शुक्रबार माघ २५, २०८१/ Friday 02-07-25
Paschim Today
![](https://paschimtoday.com/uploads/news/images/accident2025-02-07-08-51-41.jpeg)
कैलालीमा आफैँ चढेको ट्याक्टरले किच्दा महिलाको मृत्यु भएको छ।सु.प.०१–००२ त ५२३२ नम्बरको ट्याक्टरमा सवार जोशीपुर गाउँपालिका-५ मैनपोखरीकी ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो।
बिहीबार स्थानीय नहरमा ट्याक्टरबाट खस्दा उनलाई चक्काले ढाडमा कुल्चेको हो।
गम्भीर घाइते अवस्थामा उनलाई टीकापुर अस्पताल हुँदै मेडिकल कलेज कोहलपुर पुर्याइएको थियो।
तर उपचारका क्रममा बिहीबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
तपाईको प्रतिक्रिया