मन्त्रालयगत बजेट खर्च : आरजू अब्बल देखिँदा दामोदर कमजोर, अन्यले कति गरे ?

शुक्रबार माघ २५, २०८१/ Friday 02-07-25
Paschim Today

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्मको मन्त्रालयगत खर्च स्थिति सार्वजनिक गरेको छ । बजेटको अर्धवार्षिक मूल्याङ्कन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालयगत बजेट र खर्चको स्थिति प्रस्तुत गरेका हुन् ।आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार यस अवधिमा आरजु राणा मन्त्री रहेको परराष्ट्र मन्त्रालयले गरेको छ ।

 

चालु आर्थिक वर्षको पुस मसान्तसम्म परराष्ट्र मन्त्रालयले विनियोजन गरेको कुल बजेटको ५०.६४ प्रतिशत खर्च गरिसकेको छ । यस मन्त्रालयलाई कुल ६ अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमा कुल ३ अर्ब ४३ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

 

यस अवधिमा बजेट खर्च गर्नेमा दामोदर भण्डारी मन्त्री रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कमजोर देखिएको छ । यस मन्त्रालयले विनियोजित बजेटको ७.६२ प्रतिशत मात्रै खर्च गरेको छ । यस मन्त्रालयलाई ८ अर्ब ८ अर्ब ४ करोड बजेट विनियोजन भएकोमा ६१ करोड मात्रै खर्च भएको छ ।

चालू आवको दोस्रो त्रैमाससम्म रक्षा मन्त्रालयले ४६ प्रतिशत बजेट खर्च गर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४३ प्रतिशत बजेट खर्च गरेको छ । प्रधानमन्त्रीको कार्यालयले विनियोजित बजेटको ३३ प्रतिशत खर्च गर्दा अर्थ मन्त्रालयले २२ प्रतिशत बजेट खर्च गरेको छ ।