कैलालीमा २ वर्षकी छोरीसहित मृत भेटिइन् मिरा

शुक्रबार माघ २५, २०८१/ Friday 02-07-25
Paschim Today

कैलाली। कैलालीमा आमा–छोरी मृत अवस्थामा फेला परेका छन्।  जिल्लाको गोदावरी  गोठानमा बिहीबार साँझ २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र सिंह बोहराले जानकारी दिए।

उनकाअनुसार दुवै जना बिहीबार साँझ साढे ७ बजे घरमै झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । मृतका आफन्तले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् ।

मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।