परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा धनगढीमा
शुक्रबार माघ २५, २०८१/ Friday 02-07-25
Paschim Today
धनगढी, २५ माघ ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा धनगढी आउनु भएको छ ।
नेपाली काँग्रेस कैलालीको जिल्ला सम्मेलनको उद्घाटन गर्न धनगढी आउनु भएकी परराष्ट्र मन्त्री डा. राणा चार दिन कैलाली बस्ने कार्यक्रम रहेको छ ।
आज बिहान बुद्ध एयरको नियमित उडानबाट परराष्ट्र मन्त्री डा. राणा धनगढी आउनु भएको हो ।
परराष्ट्र मन्त्री डा. राणाको धनगढी बिमानस्थलमा मुख्यमन्त्री कमल बहादुर शाह, मन्त्री र प्रदेश सभा सदस्य र नेपाली काँग्रेसका नेताहरुले स्वागत गरे ।
तपाईको प्रतिक्रिया