शेयरबजारमा दोहोरो अंकको गिरावट

सोमबार माघ २८, २०८१/ Monday 02-10-25
Paschim Today

काठमाडौं । शेयरबजारमा सोमबार पनि गिरावट आएको छ । सोमबार शेयरबजार मापक परिसूचक नेप्से १०.९८ अंकले घटेर २६७७ अंकमा पुगेको छ । अघिल्लो सातादेखि घटिरहेको बजार पाँचौ दिन पनि घट्यो ।

सोमबार बजारसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ८ अर्ब ३९ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।  सोमबार ७७ कम्पनीको शेयरमूल्य बढ्दा १६१ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । यस दिन ६ कम्पनीको मूल्य यथावत रह्यो ।

सोमबार १३ उपसमूहमध्ये अन्य र व्यापार उपसमूहको सूचक मात्र हरियो रह्यो भने अन्य सबै उपसमूहको सूचक रातो बन्यो । 

न्यादी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ भने  बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको मूल्य १० प्रतिशत घट्यो ।