मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
मंगलबार माघ २९, २०८१/ Tuesday 02-11-25
Paschim Today
![](https://paschimtoday.com/uploads/news/images/bike-1_202405281431382025-02-11-08-14-05.jpeg)
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सडक छेउका डिभाइडरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी भीमदत्त नगरपालिका १३ बडैपुरका २१ वर्षीय गणेश विष्ट र भीमदत्त नगरपालिका १६ का २१ वर्षीय कैलास सिंह साउँद रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले बताए ।
सोमबार राति दोधारा चाँदनीबाट महेन्द्रनगर आउँदै गरेको सु।प।प्र। ०१–०१२ प ९२४९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
तपाईको प्रतिक्रिया