बैतडीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला
बिहीबार फागुन १, २०८१/ Thursday 02-13-25
Paschim Today
![](https://paschimtoday.com/uploads/news/images/death16408385772025-02-13-01-50-34.jpeg)
बैतडी : बैतडीमा बेवारीसे अवस्थामा शव फेला परेको छ । बिहिबार बिहान जिल्लाको पाटन नगरपालिका वडा नं ८ स्थित आरुबाटा भीरमा बेवारीसे अवस्थामा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।
बिहीबार विद्यार्थीहरुले उक्त भीरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीचौकी खोड्पेबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ । शव भीरमा रहेकाले निकाल्न सकिएको छैन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली पनि घटनास्थलतर्फ गएको छ । उक्त शव कसको हो भन्ने कुरा अहिले सम्म खुल्न नसकेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
तपाईको प्रतिक्रिया