कैलालीमा ७ लाख रुपैयाँ बढीको अवैध सामान बरामद
बिहीबार फागुन ८, २०८१/ Thursday 02-20-25
Paschim Today

८ फागुन, धनगढी । कैलालीमा ७ लाख रुपैयाँ बढीको अवैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–५ हसनपुर पिपल चौतारा नजिकै भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी ७ लाख ३ हजार ७ सय रुपैयाँ बराबरको फेन्सी सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार सुट, साडी, गम्छा, ब्राहमण धोती, श्रीराम गम्छा, झुल, तौलिया, पाइन्ट, मेक्सी, ब्लाउज, सर्ट पाइन्ट, कोरा कपडा, पूजाको कपडा, तन्ना, दोसल्ला र धोती लगायतका सामान बेवारिसे अवस्थामा बरामद गरिएको हो । यस्तै, कैलारी गाउँपालिका–४ को भितरियामा भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याएको १४ हजार ४२० रुपैयाँ बराबरको मिठाइ, प्रसाद दाना र पापड बरामद गरिएको छ ।
दुवै ठाउँबाट बरामद गरिएको सामानको मूल्य सात लाख १८ हजार १२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया