सुनको भाउ बढ्यो, तोलाको कति ?
आइतबार फागुन ११, २०८१/ Sunday 02-23-25
Paschim Today
.2025-02-23-11-55-27.jpeg)
काठमाडौं, ११ फागुन। नेपाली बजारमा सुनको भाउ बढेको छ । तर, चाँदीको भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो । आज १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार गत शुक्रबार १ हजार घटेर तोलाको १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार १ लाख ७१ हजार थियो ।
त्यसैगरी चाँदीको भाउ आज आइतबार २० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ७० मा कारोबार भइरहेको छ । गत शुक्रबार तोलाको १ हजार ९ सय ९० रुपैयाँ थियो ।
तपाईको प्रतिक्रिया