अत्तरियामा विद्युत प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार

बिहीबार फागुन २२, २०८१/ Thursday 03-06-25
Paschim Today

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका-१ मा नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि अज्ञात समूहद्वारा खुकुरी प्रहार भएको छ।

प्राधिकरणका प्राविधिक कर्मचारी सुन्दरलाल चौधरीलाई बिहीबार बिहान करिब ६ जनाको अज्ञात समूहले खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहार गरि समूह  फरार भएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी छ।