कारगिलमा ५.२ म्याग्निच्युडको भूकम्प
शुक्रबार फागुन ३०, २०८१/ Friday 03-14-25
Paschim Today
2025-03-14-09-20-28.jpeg)
भारतको लद्दाखस्थित कारगिलमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.२ रेक्टर स्केल मापन गरिएको थियो ।
जम्मू कश्मीरमा पनि भूकम्पको धक्का महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ । गत हप्ता तिब्बतमा लगातार दुई भूकम्प गएका थिए । आइतबार तिब्बतमा ४.० म्याग्निच्युडको भूकम्प गएको थियो ।
तपाईको प्रतिक्रिया