युक्रेनसँग युद्धविरामका निम्ति पुटिनले राखे यस्ता शर्त

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर त्यस्तो युद्धविरामको प्रकृतिबारे 'प्रश्नहरू' बाँकी रहेको बन्दै केही कडा शर्तहरू अघि सारेका छन्।
अमेरिकासँग यो साताको सुरुमा ३०-दिने युद्धविरामका निम्ति तयार भएको भनेर युक्रेनले गरेको सहमतिबारे पुटिनले प्रतिक्रिया दिएका हुन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको प्रतिक्रियालाई 'कुटिल' भन्दै रुसविरुद्ध थप आर्थिक प्रतिबन्धको आह्वान गरेका छन्।
अमेरिकाले रुसको तेल, ग्यास अनि ब्याङ्किङ क्षेत्रमा थप प्रतिबन्ध लगाएको छ।
पुटिनका शर्त के हुन्?
मस्कोमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुटिनले युद्धविराम प्रस्तावबारे भने: "विषय सही हो – यसलाई हामी समर्थन गर्छौँ – तर छलफल गर्नु पर्ने केही प्रश्नहरू छन्।"
युद्धविरामले "दिगो शान्ति स्थापना गर्नु पर्ने र सङ्कटको जडको समाधान हुनु पर्ने" पुटिनले बताए।
"हामीले अमेरिकी तथा साझेदारहरूसँग कुराकानी गर्न आवश्यक छ," उनले भने। "शायद डोनल्ड ट्रम्पसँग मेरो कुराकानी होला।"
पुटिनले भने: "तीस दिने युद्धविराम हासिल भए युक्रेनीहरूलाई राम्रो हुनेछ।"
"हामी त्यसको पक्षमा छौँ तर यसलाई सूक्ष्म ढङ्गले परीक्षण गर्नु पर्छ।"
विवादको एउटा विषय रुसको कर्स्क क्षेत्र भएको पुटिनले बताए जहाँ युक्रेनले गत वर्ष अतिक्रमण गरेर केही भूभाग कब्जामा लिएको थियो।
पुटिनका अनुसार कर्स्क अहिले पूर्ण रूपमा रुसको नियन्त्रणमा आइसकेको र त्यहाँ युक्रेनी फौजलाई 'अलगथलग' पारिएको छ।
"उनीहरू त्यहाँबाट जान खोजिरहेका छन्। तर हाम्रो नियन्त्रण छ। तिनका सामग्रीहरू त्यत्तिकै छाडिएका छन्।"
"कर्स्कमा युक्रेनीहरू सामु दुईवटा विकल्प छन् – आत्मसमर्पण या मृत्यु।"
तस्बिर स्रोत,EPA
तस्बिरको क्याप्शन,शान्ति स्थापनाको विषयमा केही समय अगाडि जेलेन्स्की र ट्रम्पको सार्वजनिक चर्काचर्की परेको थियो
युद्धविरामको प्रस्तावप्रति आफ्ना प्रश्नहरू रहेका भन्दै पुटिनले सोधे: "ती ३० दिन कसरी उपयोग गरिन्छन्? के युक्रेनका निम्ति पुन: परिचालनको मौका दिएर? पुन: सशस्त्रीकरण गरेर? मानिसहरूलाई प्रशिक्षित गरेर? वा ती केही पनि हुँदैनन्? अनि अर्को प्रश्न – तिनको नियन्त्रण कसरी हुन्छ?"
"लडाइँ रोक्ने आदेश कसले दिन्छ? कुन मूल्यमा? २ हजार किलोमिटर क्षेत्रमा सम्भावित युद्धविराम उल्लङ्घन भएको कसले निर्क्योल गर्छ? यी प्रश्नका समाधानका निम्ति दुवै पक्षबाट गहन काम हुनु पर्छ। युद्धविराम लागु कसले गराउँछ?"
जेलेन्स्की सशङ्कित
भिडिओ सम्बोधनमा जेलेन्स्कीले पुटिनले सोझै हुन्न नभने पनि युद्धविराम प्रस्तावलाई "व्यवहारमा उनले अस्वीकार गर्ने तयारी गरेका छन्" भने।
"यो युद्ध लम्ब्याइराख्न र युक्रेनीहरूलाई मारिराख्न चाहन्छु भनेर पुटिनले राष्ट्रपति ट्रम्पलाई सोझै भन्न डराएका छन्।"
रुसी नेताले यति धेरै पूर्वशर्त राखेका छन् कि "केही पनि अगाडि नबढ्ने" जेलेन्स्कीले बताए।
दुई पक्षबीच स्पष्ट विभाजन
पुटिनको टिप्पणी र जेलेन्स्कीको प्रतिक्रियापश्चात् दुवै पक्षका अडानमाझ अब स्पष्ट विभाजन देखा परेको छ।
युक्रेन दुई चरणको प्रक्रिया चाहन्छ: चाँडै हुने युद्धविराम र त्यसपछि दिगो समाधानका वार्ता।
रुसचाहिँ यी दुवै विषयलाई छुट्ट्याउन चाहँदैन। एउटै समझदारीले सबै मुद्दा निर्क्योल होस् भन्ने उसको भनाइ छ।
युक्रेन ठान्छ रुसमाथि उसले दबाव बढाउन सक्छ र रुसले समय खेर फालिरहेको देखाउन सकिन्छ भन्ने उसलाई लाग्छ।
रुसलाई चाहिँ उसको आधारभूत चिन्ता बनेको नेटो विस्तार र युक्रेनको सार्वभौमसत्ताको विषय उठाउने मौका आएको विश्वास छ।
तर यसले राष्ट्रपति ट्रम्पको सामु एउटा समस्या उब्जिने छ। उनले छिटो, केही दिनमै, युद्ध रोक्न चाहन्छन्।
तर पुटिनले उनको चाहना पूरा हुन देलान् जस्तो देखिँदैन।

तर पुटिनले उनको चाहना पूरा हुन देलान् जस्तो देखिँदैन। -बबीबीसी नेपाली
तपाईको प्रतिक्रिया