फिल्म ‘होस्टेल ३’ ले पहिलो साता कति कमायो ?
2025-03-14-12-47-14.jpeg)
काठमाडौं - गत शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आएको नेपाली फिल्म ‘होस्टेल ३’ ले पहिलो साता उत्कृष्ट व्यापार गरेको छ।
फिल्मको निर्माता युटिटले फिल्मको पहिलो हप्ताको व्यवसाय सार्वजनिक गरेको छ, जसअनुसार फिल्मले ४ करोड ३२ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ। ‘होस्टेल ३’ को प्रदर्शन मुख्य रूपमा काठमाडौं उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख रुपैयाँको कलेक्सन भएको जनाएको छ।
फिल्म काठमाडौँमा गोविन्द शाहीको काफिया फिल्मस र उपत्यका बाहिर रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गरेका हुन् । यसैबिच, ‘होस्टेल ३’ बिहीबारदेखि मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ ।
होस्टलको विषयमा निर्माण भएको फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका छ ।
तपाईको प्रतिक्रिया