धनगढीमा चैत्र ५ गतेदेखि भेट्रान क्रिकेट कप
शनिबार चैत १, २०८१/ Saturday 03-15-25
Paschim Today

धनगढी,२ चैत । अनुपमा कर्पोरेट लिग सिजन २ भेट्रान क्रिकेट कप २०८१ चैत ५ गतेदेखि धनगढीमा सुरु हुने भएको छ। धनगढीको चन्द्रसूर्य खेल मैदानमा आयोजना हुने प्रतियोगिता १४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ। आयोजकका अनुसार प्रतियोगिता प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३५ हजार रुपैयाँ पाउनेछ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई दस हजार पुरस्कारको व्यवस्था गरिएको छ। उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान दुवैले ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको अनुमानित खर्च ५ लाख ४० हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ।
तपाईको प्रतिक्रिया