१३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ

बिहीबार चैत ६, २०८१/ Thursday 03-20-25
Paschim Today

बझाङः बझाङमा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्लाको सूर्मा गाउँपालिका–४ की १३ वर्षीया बालिकालाइ करणी गरेको आरोपमा सुर्मा गाउँपालिका–४ घर भइ हाल जयपृथ्बी नगरपालिका–९ चौडमा कोठा गरी बस्ने २१ वर्षीय पवन बोहरालाइ प्रहरीले पक्राउ गरेको छ। बोहराले ति बालिकालाइ असोज २८ गते आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको जनाइएको छ।

असोजमा करणी गरिएको भएपनी चैत्र ६ गते मात्रै प्रहरीमा जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।