प्रतिकिलो ६५ रुपियाँले घट्यो रिट्ठाको भाउ, किसान मारमा

बिहीबार चैत १३, २०८१/ Thursday 03-27-25
Paschim Today

बैतडी, चैत १४ गते । चार वर्षदेखि अकासिएको रिट्ठाको भाउ यो वर्ष दोब्बरले घटेको छ । लगातार पाइरहेको भाउ एक्कासि घटेपछि कृषकहरू निराश भएका छ । यो वर्ष स्थानीय बजारमा प्रति किलो २५ रुपियाँमा रिट्ठा खरिद भइरहेको स्थानीय सङ्कलनकर्ता वीरेन्द्र भट्टले बताएए । विगतका अघिल्लो वर्षहरूमा रिट्ठा ९० रुपियाँ प्रतिकिलोमा विक्री हुने गरेकाे थियो । 

बैतडीका गोकुलेश्वर, खोचेलेक, खोड्पे, सतबाज, सिल्लेगडा, पाटन, मेलौली, देहिमाण्डौ, श्रीभावरलगायतका क्षेत्र व्यापारीले बढी मात्रामा रिट्ठा सङ्कलन गर्ने बजार हुन । यस्तै दार्चुलाको गोकुलेश्वर, पस्ती र लटिनाथसम्म रिट्ठा सङ्कलन बढी हुने गरेको केदार भूमिराज ट्रेड एन्ड सप्लायर्सका सञ्चालक भट्टले बताए । 

यहाँबाट रिट्ठा निकासी हुने ठाउँ नेपालगन्ज रहेको भट्टले । नेपालगन्जबाट भारत निर्यात हुने गरेको ठेकेदार भट्ट बताउँछ । साबुन र स्याम्पु बनाउन प्रयोगमा आउँछ । नेपालगन्जका व्यापारी राजेन्द्र सेठीले आफूहरूले नेपालगन्जबाट खरिदका लागि स्थानीय व्यापारीहरूलाई जिम्मेवारी दिने गरेको बतााा। यो वर्ष भारतबाटै भाउ घटेर आएको सेठीले  बताए ।

 दुई र तीन वर्ष यता भारतमै धेरै रिट्ठा सङ्कलन भएकाले भाउ घटेको सङ्कलनकर्ता भट्टले बताए । नेपालगन्जमा यसपालि प्रतिकिलो मूल्य ३५ रुपियाँ हाराहारी पुगेको भट्टले बताए । यस्तै गौरीशङ्कर सप्लायर्सका अर्का ठेकेदार दीपक राज भट्टले भने यो वर्ष भारतमै रिट्ठा बढी उत्पादन भएको र नेपाली रिट्ठाको गुणस्तर कम भएको भनेर मूल्य घटाएको खबर पाएको बताए।

 बैतडी, दार्चुला, बझाङलगायतका पहाडी जिल्लाबाट रिट्ठा निकासी हुने गरेको छ । स्थानीय स्तरमा सर्वसाधारणले ओखलमा कुटेर र पिसेर कपडा धुन र नुहाउन रिट्ठा प्रयोग गर्ने गरेका पाटन नगरपालिकाका बसन्ती भट्टले बताए। तर अचेल यो चलन हराइसकेको छ । रसायन मिसाएको आयातित साबुन भन्दा यसले सरसफाइ गरे कपालको चाया र छालाजन्य रोग निको हुने गरेको उनको भनाO छ ।

 मङ्सिरदेखि फागुनसम्म रिट्ठा सङ्कलन र बिक्री गरिने समय रहेकोले अहिले करिब निकासी सकिने बेला भएको सङ्कलनकर्ता भट्टले बताए । उनले भने, मसँग गत बर्सकै १२ टन रिट्ठा स्टक छ । यो वर्ष पनि धेरै रिट्ठा कलेक्सन गरेको छु तर भाउ घटेर आएकोले चिन्ता लागेको छ । धेरै समय राखे गुणस्तर बिग्रिन्छ । यही भाउमा नेपालगन्ज पुर्‍याउने तयारी छ ।

 बैतडी र दार्चुलाका धेरैजसो क्षेत्रमा व्यावसायिक रूपमा रिट्ठा खेती सुरु गरिएको अर्का सङ्कलनकर्ता ललितबहादुर चन्दले बताए । भाउ कम भएपछि किसानले रिट्ठा बेच्न इच्छा गरेका पनि छैनन् । दार्चुलाको शैल्यशिखर नगरपालिका ४ का किसान धर्मनन्द भट्टले मूल्य घटेका कारण रिट्ठा नबेचेर राखेको बताए । पोहोर परार नुन तेल खर्च आउँथ्यो यसपालि भाउ कम हुँदा त बेच्न मन नै लागेको छैन, उहाँले भन्नुभयो । बैतडीबाट मात्रै यो वर्ष ५० टन रिट्ठा निकासी भएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताए । यो वर्ष मात्रै रिट्ठाबाट १ लाख ४३ हजार एक सय रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी जोशीले बताए ।