पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको हो।
शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।
महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।
कुन शीर्षकमा कति जरिवाना ?
कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर -रु १ लाख
महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर--रु १ लाख
जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
दमकल तोडफोड- रु १ लाख ३० हजार
तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड- रु ६३ हजार
तपाईको प्रतिक्रिया