ब्राउन सुगरसहित कैलालीमा एक जना पक्राउ
शनिबार चैत १५, २०८१/ Saturday 03-29-25
Paschim Today

कैलाली- धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलि ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-६ वनवेहडा बस्ने २९ वर्षीय कृष्ण खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित आज शनिबार पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको सु.प.प्र.०१००९ प ७२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया