कुलमान र हितेन्द्रदेवको रिट हेर्न नमिल्नेमा

आइतबार चैत १६, २०८१/ Sunday 03-30-25
Paschim Today

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिट हेर्न नमिल्नेमा परेको छ ।

आज दुवै जनाको रिट एकैसाथ हेर्ने गरी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारङ्गा सुवेदीको इजलासमा परेको थियो । यसअघि अस्ति शुक्रवार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेशी तोकिएको थियो । याे इजलासले दुवै पक्षलाई छलफलका लागि आजका लागि बोलाउन भनेको थियो । त्यस्तै पक्ष र विपक्ष दुवैलाई १५ दिनभित्र लिखित जवाफको माग गरिएको छ । घिसिङ र शाक्यको रिट गएको बिहीवार दर्ता भएको हो ।

घिसिङले मन्त्रिपरिषद्ले आफूलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गर्नुभएको छ । शाक्यले भने यसअघि आफूलाई गैरकानूनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गर्नुभएको छ ।

गएको सोमवार सरकारले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।