तीनकुने घटनामा संलग्नता नदेखिएपछि स्वागत नेपाल रिहा

आइतबार चैत १६, २०८१/ Sunday 03-30-25
Paschim Today

काठमाडौँ। स्वागत नेपाल रिहा भएका छन्। उनलाई प्रहरीले म्याद थप नगरी रिहा गरेको हो । १५ चैतमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई उक्त घटनामा संलग्नता नदेखिएपछि रिहा गरिएको प्रहरीले जनाएको छ।