कैलालीको टीकापुरमा २ जनाको घरमा आगलागी
आइतबार चैत २३, २०८१/ Sunday 04-06-25
Paschim Today

धनगढीः कैलालीको टीकापुरमा २ जनाको घरमा आगलागी भएको छ।
टीकापुर नगरपालिका– ८ कर्मिडाँडाका अमन विकको एक कोठे भान्सा कोठामा अचानक विद्युत् सर्ट भइ आागलागी भएकोे प्रहरीले जनाएको छ। उक्त्त आगलागीबाट विकको घरभित्र रहेका सबै सरसमाहरू जलि करिब १ लाख १५ हजार बराबरको क्षति भएको जनाइएको छ।
यस्तै, टीकापुर नगरपालिका–६पानीमुला बस्ने महा लुहारको २ कोठे कच्चि भान्सा कोठामा बालेको आगोबाट आगलागी हुँदा घरभित्र रहेका सबै सरसमान जलि करिब २ लाख ५० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
तपाईको प्रतिक्रिया