'अब धनगढी दौडिन्छ' भन्ने नारासहित धनगढी हाफ म्याराथनको तयारी पूरा

मंगलबार चैत २५, २०८१/ Tuesday 04-08-25
Paschim Today

 कैलाली ।  'अब धनगढी दौडिन्छ' भन्ने नाराका साथ धनगढी हाफ म्याराथनको  ११ औँ  संस्करणको वैशाख १ गते हुने भएको छ। नव वर्ष २०८२ को उपलक्ष्यमा धनगढी जेसिजको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको धनगढी जेसिजका कार्यक्रम संयोजक तथा उपाध्यक्ष दीपक गौतमले जानकारी दिए । 

उनका अनुसार  यस वर्षको म्याराथन विजेताले पुरुष तर्फ ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो स्थान हासिल गर्नेले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन्। यस्तै महिला तर्फ कर्पोरेट र सञ्चार ५ किलोमिटर दौडको दुवै विधामा प्रथम हुने विजेताले ७ हजार, दृतियले ५ हजार  र तेस्रो हुनेले २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा महिला, पुरुष बीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइनेछ। म्याराथन विजेताको मुख्य पुरस्कार मुख्य प्रायोजकका रूपमा रहेको चैतन्य पाठशालाले प्रदान गर्नेछ।  
 
सहभागिताका लागि विभिन्न स्थानबाट फारम वितरण भइरहेको आयोजकले जनाएको छ।  धनगढी जेसीजले २०१४ देखि प्रत्येक वर्ष हाफ म्याराथन कार्यक्रम आयोजना गर्दै आएको  छ । यसले  धनगढीको सामाजिक र खेलकुद गतिविधिमा नयाँ ऊर्जा थप्ने विश्वास आयोजकले राखेको छ। म्याराथन धनगढी चौराहदेखि सुरु भएर गेटा मेडिकल कलेज,मनेहरा पुल हुँदै पुनः धनगढीको मिलन चोक पुगेर धनगढी चौराह मै समापन हुने छ ।