म्यानमारमा भूकम्प : मृतकको संख्या ३६ सय नाघ्यो

मंगलबार चैत २५, २०८१/ Tuesday 04-08-25
Paschim Today

एजेन्सी । म्यानमारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या संख्या ३ हजार ६ सय पुगेको छ । यस्तै, ५ हजार १७ जना घाइते भएका छन् ।

यस्तै, १६० जना अझै बेपत्ता छन् । म्यानमारको राज्य प्रशासन परिषदका अनुसार मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ ।

२८ मार्चमा स्थानीय समयअनुसार १२ः५१ बजे म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको कडा धक्का थाइल्याण्डमा पनि महसुस गरिएको थियो ।

देशको मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार आइतबारसम्म २.८ देखि ७.५ म्याग्निच्युडसम्मका जम्मा ८९ वटा परकम्प रेकर्ड गरिएका छन् ।