तस्बिरमा हेर्नुहोस् आगलागीले ध्वस्त पारेको जयगढ बजार
बुधबार चैत २६, २०८१/ Wednesday 04-09-25
Paschim Today

कैलाली । अछाम बान्निगढी जयगढ गाउँपालिकास्थित सुन्दर जयगढ बजारमा आगलागीले ठूलो क्षति पुराएको छ ।
आगलागीमा २७ वटा घर जलेका छन् । ३० घर प्रभावित भएका छ। ११ पसल पूर्णरुपमा क्षति भएको छ। सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ ।
मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो ।
साँझ ७:२० बजेदेखि लागेको आगो मध्यरातमा नियन्त्रणमा आएको थियो।
तस्बिर : धनराज साउँद
तपाईको प्रतिक्रिया