स्ववियु निर्वाचन अपडेट : कैलाली बहुमुखी क्याम्पसमा मतदान प्रक्रिया सम्पन्न

बुधबार चैत २६, २०८१/ Wednesday 04-09-25
Paschim Today

धनगढी। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ ।

आज भएको मतदान प्रक्रियामा महिला १ हजार १९४ र पुरुष ८६३ गरि जम्मा २ हजार ५७ मत खसेको छ। मतदान प्रक्रिया विहान ८ बजेर ४० मिनेटमा सुरु भएको थियो सबै संगठनहरुको सहमतिमा बेलुका ४ बजे समापन भएको छ ।

मत गणना गर्न अहिले केहिबेरमा सर्वदलिय बैठक बस्दै छ । आज रातिबाट नै मतगणना सुरु हुने मतदान अधिकृत सहप्राध्यापक तर्कराज भट्टले जानकारी दिएका छन् ।