डोटीमा रुखबाट लडेर एक बालीका घाईते
बुधबार चैत २६, २०८१/ Wednesday 04-09-25
Paschim Today

डोटीः डोटीमा रुखबाट लडेर एक बालीका घाइते भएकी छिन्।
जिल्लाको बडिकेदार गाउँपालिका–२ बर्छेन बस्ने सेरबहादुर सार्कीकी अन्दाजी १५ वर्षीया छोरी सिर्जना सार्की घाइते भएकी प्रहरीले जनाएको छ। उनी घर नजिकैको जङ्गलमा बाँजको रुखमा स्याउला काट्ने क्रममा रुखबाट लडी घाइते भएकी हुन्।
उनको टाउको, हात र ढाडमा चोट लागेको छ। घाइते सिर्जनाको नवजीवन अस्पताल धनगढी कैलालीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया