जयपृथ्वी क्याम्पसको सभापतिमा अनेरास्ववियुका बोहोरा तीन मतले विजयी, अन्य सबै पद नेविसंघले जित्यो

बिहीबार चैत २७, २०८१/ Thursday 04-10-25
Paschim Today

बझाङ । जयपृथ्वी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तिलक चन्द्र बोहरा तीन मतले विजयी भएका छन् ।

 

उनले नेविसंघका विवेक बोहरालाई तीन मतले पछि पार्दै १२५ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिद्वन्द्वी नेविसंघका विवेक बोहराले १२२ मत प्राप्त गरेका थिए ।

यस्तै अखिल क्रान्तिकारीका मान बहादुर धामीले ५९ मत प्राप्त गरे भने, अखिल समाजवादीका प्रवीण महरले २ मत प्राप्त गरेका छन् । सभापति बाहेक अन्य पदमा भने, नेविसंघको पुरै प्यानलले जितेको छ ।

 

यस्तै सचिवमा नेविसंघका लोकेशराज जोशीले १२२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी क्रान्तिकारीकी अञ्जना कामीले ९३ मत प्राप्त गरेकी छन् । अनेरास्ववियुका ध्रुवराज जोशीले ८९ मत प्राप्त गरे।

कोषाध्यक्षमा नेविसंघकी स्मृति कुमारी सिंहले १३२ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्व न्द्वि अनेरास्ववियुकी सारदा बोहराले ९९ मत प्राप्त गरेको छ । यस्तै अखिल क्रान्तिकारीकी रमा जोशीले ७० मत प्राप्त गरेकी छन् ।

यस्तै स्ववियु सदस्यमा नेविसंघकी आशिका जोशी, सबिता बम, चाँदनी उपाध्याय, धनिसा बोहरा, धनसरा रोकाया र दीपक चौहान विजयी भयका छन्।