सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?
बिहीबार चैत २७, २०८१/ Thursday 04-10-25
Paschim Today
.2025-04-10-12-23-50.jpeg)
काठमाडौँ । आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सूनको मूल्य ६ हजार रुपैयाँले बढेको हो ।
महासंघले जारी गरेको मूल्यसूची अनुसार सुनको प्रतितोला मूल्य १ लाख ८१ हजार १० रुपैयाँ पुगेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको थियो । चैत महिनामा गत २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । आज सूनको मूल्यले सो रेकर्ड नयाँ रेकर्ड बनाएको हो ।
यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँ रहेको थियो । सो दिन चाँदीको मूल्य प्रति तोला १ हजार ९९५ रुपैयाँ थियो ।
तपाईको प्रतिक्रिया