कैलालीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बिहीबार चैत २७, २०८१/ Thursday 04-10-25
Paschim Today

कैलाली । कैलालीमा मिनीट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको घोडाघोरी नगरपालिका- २ टनकपुरमा बिहीबार राति ८:४० से ५ प ६९४४ नम्बरको मोटरसाइकल सडक छेउमा रोकिराखेको अवस्थामा सोही दिशाबाट आइरहेको से १ ख १२६८ नम्बरको मिनिट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका–८ का ४५ वर्षीय अमर बम रहेका छन् । गम्भीर घाइते भएका उनलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिए पनि राति ९:३० बजे मृत्यु भयको प्रहरीले जनाएको छ

ट्रक चालक चुरे गाउँपालिका–५ का ३५ वर्षीय दिल्लीराज पुनमगरसहित ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।