चौमाला बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न

धनगढी । कैलालीको चौमाला बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) इकाई कमिटीले शुभकामना आदान-प्रदान सँगै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नव वर्षको अवसरमा नेविसंघका अध्यक्ष दिल बहादुर ताम्रकारको अध्यक्षतामा २१ जनाले रक्तदान गर्दै कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका नगर उपप्रमुख भोज बहादुर बम रहेका थिए। उनले उपस्थित सबैलाई स्वागत गर्दै समाजमा युवा विद्यार्थीहरूको योगदान महत्त्वपूर्ण रहेको बताए। विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला उप शाखाका छत्र बहादुर बम र अन्य अतिथिहरूले पनि युवाहरूको सक्रियताको प्रशंसा गरेका थिए।
कार्यक्रममा निवर्तमान स्ववियु सभापति हरेन्द्र बुढा, स्ववियु सदस्य हिक्मत खड्का, तरुण दल गौरी गंगा नगर सभापति, गौरीगङ्गा - २ का अध्यक्ष, र क्रान्तिकारी इकाई कमिटीका अध्यक्ष पुष्पा आचार्यको उपस्थिति रहेको थियो। उपस्थित सबैले शुभकामना आदान-प्रदान गर्दै विद्यार्थीहरूलाई सुझाव प्रदान गरेका थिए।
तपाईको प्रतिक्रिया