कैलाली बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलको अग्रता कायमै

धनगढी, २८ चैत्र ।
कैलाली बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको जारी मतगणनामा नेपाल विद्यार्थी संघले अग्रता कायमै राखेको छ ।
शुरुदेखि नै अग्रता कायम राखेको नेविसंघले पाँच सयको मत गणनामा मतान्तर बढाएको छ ।
पाँच सय मत गणना हुदा नेविसंघका सभापतिका उम्मेदवार सन्तोष पन्तले दुई सय २३ मत ल्याएका छन् ।
हाल स्ववियु सभापति रहेका अनेरास्ववियुका उम्मेदवार यमराज जोशीले एक सय चार मत ल्याएका छन् ।
अखिल क्रान्तिकारीका पवन सुनारले एक सय छ मत ल्याएका छन् भने विद्यार्थी एकता समूहका अम्विका चौधरीले २७ र अनेरास्ववियुका सुनिल राज जोशीले १५ मत ल्याएका छन् ।
सचिवमा पनि नेविसंघले अग्रता कायम राखेको छ । नेविसंघका उम्मेदवार ओम प्रकाश वस्तीले एक सय ७६ मत पाउदा अनेरास्ववियुका किरण प्रकाश उपाध्यायले एक सय १५ मत ल्याएका छन् ।
अखिल क्रान्तिकारीका लोकेन्द्र चौधरीले एक सय चार मत, अनेरास्ववियुकाखगेन्द्र प्रसाद अवस्थीले ३२, प्राज्ञिक विद्यार्थी परिषदका लवदेव धामीले १८ मत र स्वतन्त्र उम्मेदवार किशोर जोशीले २१ मत ल्याएका छन् ।
कोषाध्यक्षमा पनि एक सय ६३ मत सहित नेविसंघकी प्रमिला शाहले अग्रता कायम राखेकी छन् । अनेरास्ववियुका प्रकाश भट्टले एक सय २७, अखिल क्रान्तिकारीका धर्मराज तिमिल्सिना एक सय २१, अनेरास्ववियुकी अंगीता चौधरीले ४३ र विद्यार्थी एकता समूहका खेमराज भट्टराईले १० मत पाएका छन् ।
तपाईको प्रतिक्रिया