दुर्गा प्रसाई पक्राउ परेका छैनन् – नेपाल प्रहरी
काठमाण्डौं, २८ चैत्र ।
दुई जनाको ज्यान लिएको तीनकुनेको राजावादीको हिंसात्मक आन्दोलनपछि फरार भएका दुर्गा प्रसाई भारतको आसाममा पक्राउ परेको समाचार गलत भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले बिहीवार अवेर राति जारी गरेको बिज्ञप्तिमा प्रहरीले खोजी गरिरहेका प्रसाई पक्राउ नपरेको जनाईको छ ।
प्रसाईको नेतृत्वमा १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजवादी आन्दोलन हिंसात्मक हुदा दुई जनाको मृत्यु भएको थियो । आन्दोलनकारीले भाटभटेनीमा लुटपाट गर्नुका साथै तिनकुनेका केही घरमा आगजनी गरेका थिए । प्रसाईलाई उक्त घट्नाको जिम्मेवार मानिएको छ । आन्दोलन बिथोलिएकै साँझ फरार प्रसाई प्रहरीको खोजीमा थिए ।
उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले राप्रपाका नेताहरु धवलशमशेर राणा, रबिन्द्र मिश्र लगायतलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया