दुर्गा प्रसाई भारतमा पक्राउ, नेपाल ल्याईदै

बिहीबार चैत २८, २०८१/ Thursday 04-10-25
Paschim Today

काठमाण्डौं, २८ चैत्र ।
दुई जनाको ज्यान लिएको तीनकुनेको राजावादीको हिंसात्मक आन्दोलनपछि फरार भएका दुर्गा प्रसाई भारतको आसाममा पक्राउ परेका छन् ।

प्रहरी उच्च स्रोतले भारतको आसाममा लुकेको अवस्थामा पक्राउ परेका प्रसाईलाई भारतीय सुरक्षा अधिकारीसँग समन्वयमा नेपाल ल्याईदै गरेको जनाएको छ ।

उनलाई काकडभिटाबाट नेपाल ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

प्रसाईको नेतृत्वमा १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजवादी आन्दोलन हिंसात्मक हुदा दुई जनाको मृत्यु भएको   थियो ।

आन्दोलनकारीले भाटभटेनीमा लुटपाट गर्नुका साथै तिनकुनेका केही घरमा आगजनी गरेका थिए । प्रसाईलाई उक्त घट्नाको जिम्मेवार मानिएको छ । आन्दोलन बिथोलिएकै साँझ फरार प्रसाई प्रहरीको खोजीमा थिए ।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले राप्रपाका नेताहरु धवलशमशेर राणा, रबिन्द्र मिश्र लगायतलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ ।