राष्ट्रपति पौडेलद्धारा दुवै सदनको अधिवेशन आह्वान
बुधबार बैशाख ३, २०८२/ Wednesday 04-16-25
Paschim Today

काठमाडौं, ३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् ।
हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दुवै सदनको अधिवेशन बोलाउन बैशाख १२ गतेको मिति सिफारिश गरेको थियो ।
सोहीबमोजिम राष्ट्रपति पौडेलले बैशाख १२ गते शुक्रबार दिउँसो १ बजेको लागि संसद अधिवेशन बोलाएका हुन् ।
तपाईको प्रतिक्रिया