कैलालीको गौरीगंगामा एक जनाको घरमा आगलागी, तीन लाखको क्षति

शुक्रबार बैशाख ५, २०८२/ Friday 04-18-25
Paschim Today

धनगढीः कैलालीको गौरीगंगामा एक जनाको घरमा आगलागी हुँदा तीन लाखको क्षति भएको छ।

गौरीगंगा नगरपालिका–१ मंगलपुर बस्ने शेरबहादुर बिकको घरमा आगलागी भएको हो। बिकको घरको मिटर बक्समा चट्याङ पर्दा मिटर बक्सबाट आगोको झिल्का निस्केर आगलागी भएको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट बिकको तीन लाख बराबरको क्षति भएको जनाइएको छ।