विद्युत् सर्ट स्कुटरमा आगलागी
शुक्रबार बैशाख १२, २०८२/ Friday 04-25-25
Paschim Today

धनगढीः कैलालीको धनगढीमा एक जनाको स्कुटरमा आगलागी भएको छ।
धनगढी उपमहानगरपालिका–१३ राना टोल बस्ने पार्वतीदेवी जोशीको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ३८०५ नम्बरको इलेक्ट्रिक स्कुटरमा आगलागी भएको प्रहरीले जनाएको छ। घरको आगनमा पार्किङ गरी चार्जमा राखेको स्कुटरमा विद्युत् सर्ट भई आगलागी भएको जनाइएको छ।आगलागीबाट स्कुटर पूर्णरूपमा जलेर करिब २ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया