धनगढीबाट ७७ हजारका अवैध सामान बरामद

आइतबार बैशाख १४, २०८२/ Sunday 04-27-25
Paschim Today

धनगढी : कैलालीको धनगढीबाट ७७ हजार मूल्यका अवैध सामान बरामद गरिएको छ।

 

जिल्लाको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीबाट भारतबाट तस्करी गरेर ल्याउदै गरेको अवैध सामानहरू बरामद गरिएको हो।

 

जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रहरी टोलीले शनिवार ७७ हजार तीन सयका बिडी, सुर्ती, धोती, पर्दाm सुटपिस लगायतका सामानहरू बरामद गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले बेवारिसी सामान बरामद गरेको बताएको छ।