दिल्ली जादै गरेका नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री शाह सहित छ जना घाइते

आइतबार बैशाख १४, २०८२/ Sunday 04-27-25
Paschim Today

 

 

 

 

 

 

धनगढी, १४ बैशाख ।
नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह मनु चढेको गाडी गम्भीर दुर्घटनामा परेको छ ।

परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी शाह सहित छ जना घाईते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर छ । तीन जनाको अवस्था सामान्य छ ।

शाह चढेको गाडी बससंग ठोकिएको बताईएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई रेफर गरिएको बताईएको छ ।