कश्मीर घटनाप्रति विद्यार्थीको विरोध

सोमबार बैशाख १५, २०८२/ Monday 04-28-25
Paschim Today

काठमाडौं । भारतको कश्मीरमा भएको आक्रमणप्रति देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले विरोध जनाएका छन् ।

सोमबार लमहीमा शान्तिपूर्ण र्‍यालीमार्फत घटनामा परी ज्यान गुमाएका नेपाली युवा सुदीप न्यौपानेलगायत अन्य पीडितप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 

स्ववियु सभापति मिलन चौधरीको नेतृत्वमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो ।

घटनाले नेपाली समुदायलाई समेत मर्माहत बनाएको उल्लेख गर्दै शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायले थप सक्रिय भूमिका खेल्नुपर्ने माग गरेका थिए ।