कैलालीमा जबरजस्ती करणी र मानब बेचबिखन मुद्दामा फरार दुई जना पक्राउ
मंगलबार बैशाख २३, २०८२/ Tuesday 05-06-25
Paschim Today

धनगढीः कैलालीमा जबरजस्ती करणी र मानब बेचबिखन मुद्दामा फरार दुई जना पक्राउ परेका छन्।
जबरजस्ती करणी मुद्दामा ६ महिना कैद सजाय तोकिएपछि फरार रहेका कैलारी गाउँपालिका–७ बस्ने १३ वार्षीय किशोर र मानब बेचबिखन तथा ओसारपसार मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद सजाय तोकिएको लम्कीचुहा नगरपालिका–९ सोहनपुर बस्ने ५९ वर्षीय बदलु चौधरी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएपछि फरार रहेका दुबै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।
तपाईको प्रतिक्रिया