पुर्व मन्त्री प्रदीप नेपालको निधन

मंगलबार बैशाख २३, २०८२/ Tuesday 05-06-25
Paschim Today

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मङ्गलबार दिउँसो ७१ वर्षको उमेरमा नेपालको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिए । २०१० सालमा जन्मिएका नेपाल विसं २०५१ मा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला पहिलो पटक मन्त्री बनेका थिए । पछिल्ला वर्षमा भने उनी राजनीतिमा सक्रिय थिएनन् ।